तिहारमा पटका पड्काउन र जुवातास खेल्न निशेध, १० बजेपछि देउसीभैलो खेले पनि कारबाही

केन्द्रभाग मिडिया

पोखरा।

विगत दुई वर्षदेखि तिहारमा देउसी खेल्न नपाएका पोखरेलीले यसवर्ष भने पाउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय कास्कीले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पूर्णरुपमा अपनाएर देउसीभैलो खेल्न आग्रह गरेको छ । तर देउसी भैलो नाचगान जस्ता कार्यक्रम राती १० बजेसम्म शान्तिपूर्ण रुपमा गर्न प्रशासनले आग्रह गरेको छ ।

सार्वजनिक यातायात र जीवनलाई असर नपर्ने गरि मर्यादित र अनुशासित रुपमा प्रशासनले देउसी भैलो खेल्न प्रशासनले आग्रह गरेको छ ।

यस्तै मादक पदार्थको सेवन गरी सार्वजनिक शान्ति र सुरक्षालाई असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला तथा झैझगडा गर्ने जस्ता कार्य नगर्न अपिल गरेको छ ।

तिहारमा पटका, आतसवाजी, झिरझिरे, भईचम्पा जस्ता विष्फोटकजन्य पदार्थ प्रयोग नगर्न तथा त्यस्ता पदार्थको ओसारपसार र विक्रीवितरण नगर्न नगराउन आग्रह गरिएको छ ।

मठ मन्दिर, गुम्बा लगायतका धार्मिक स्थलहरुमा पनि अनावश्यक भीडभाड नर्गन र स्वास्थ्य मापदण्ड पालना गरि पुजापाठ तथा प्रार्थना गर्न अपिल गरिएको छ ।

उल्लेखित कुराहरुमा अटेर गरिएको पाइएमा कानून बमोजिम कारवाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

  • १५ कार्तिक २०७८, सोमबार १०:१३ प्रकाशित