प्रम देउवाले आज र्वल्ड लिडर समिटमा सम्बोधन गर्ने, भोलि मोदीलाई भेट्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्कटल्याण्ड पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि मंगलबार भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्ने भएका छन् ।भेटका क्रममा केकस्ता विषयमा छलफल हुनेछ भन्ने सर्वत्र चासोको विषय भएपनि अहिले नै यहि मुद्धामा कुरा हुन्छ भन्ने यकिन भएको छैन ।

विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्ताको क्रममा भोलिनै देउवाले श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता तथा विश्व बैंक, आइएमओ र युके एमओडीका पदाधिकारीसँग पनि साइडलाइन बैठक गर्नेछन्।

आज र भोलि ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वल्र्ड लिडर समिटमा भाग लिन देउवा स्टकल्याण्ड पुगेका हुन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै देउवा गए राति स्टकल्याण्ड पुगेका हुन्। देउवाले सोमबार (आज) दिउँसो सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ।

अक्टोबर ३१ देखि ग्लास्गोमा सुरुआत भएको कोप–२६ नोभेम्बर १२ तारिखसम्म चल्नेछ।

  • १५ कार्तिक २०७८, सोमबार ०९:१४ प्रकाशित