आजपनि तीन वटा प्रदेशमा हल्का वर्षा र हिमपातको संभावना

केन्द्रभाग मिडिया

पोखरा ।

देशका पहाडी भु–भागका एक/दुई स्थानहरुमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन ।

हाल देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा छ ।

आज देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एक/दुई स्थानहरुमा हल्का वर्षाको संभावना छ भने उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

राति देशको पहाडी भू/भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा सामान्यतया सफा रहने छ । प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षाको संभावना छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

  • १५ कार्तिक २०७८, सोमबार ०६:३३ प्रकाशित