पोखरा ।
बिपीएस मर्स्याङदी इन्टरनेशनल प्रालिले पोखरामा अन्तराष्ट्रिय ब्राण्डका कपडाको शोरुम संचालनमा ल्याएको छ । पोखरा न्यूरोडमा रहेको शोरुमको आइतबार गण्डकी प्रदेशमा निर्वतमान मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले उद्याटन गरे ।
उद्याटन कार्यक्रममा बोल्दै गुरुङले अन्तराष्ट्रिय स्तरको सेवा पोखराबाट दिन सके मात्र पोखरा अन्तराष्ट्रिय सहर बन्न सक्ने बताए । उनले पोखरामा अहिले पनि गुणस्तरीय र खोजे अनुसारको सामान नपाईने भन्दै निजी क्षेत्रलाई त्यस तर्फ ध्यान दिन आग्रह गरे ।
उनले मुख्यमन्त्री हुदाँ किनेको प्राडो गाडी मर्मतको लागि काठमाडौंँ जानु परेको स्मरण गदैँ, शिक्षा, स्वास्थ्य, फनिसिङ लगायतका सेवालाई अन्तराष्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड दिए ।
प्रालिका संचालक राज रम्तेलले गण्डकी प्रदेशको बजारलाई केन्द्रीत गदै पोखरामा चार अन्तराष्ट्रिय ब्रण्डका कपडाको शोरुम संचालनमा ल्याइएको बताए । यस पहिले लमजुङमा व्यवसवाय संचालन गदै आए पनि प्रदेश राजधानीमा बृहत रुपमा व्यवसाय संचालन हुने रम्तेलले जानकारी दिए ।
ब्रण्डेड कम्पनीहरु खेलकुद क्षेत्रमा पछिल्लो समय अत्याधिक रुचाइएको अन्तर्राष्ट्रिय कम्पनी केल्मीसँगै, पुमा, पिटर इंग्ल्याण्ड र मेटर बोन्बीबाट उत्पादीत कपडा शोरुममा विक्री हुने छन् । उनले आफूहरुले नेपालमै पहिलो पटक यति ठूलो सोरुम खोलेको बताए । दुइ तलामा शोरुमा संचालनमा छ ।
कार्यक्रममा पोखरा गण्डकी प्रदेश सभा सदस्य राजिव पाहारी, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङ, उद्योग वाणिज्य संघ पोखराका प्रथम उपाध्यक्ष पवन प्रजापती लगायतले बोल्दै व्यवसायीक सफलताको शुभकामना दिएका थिए ।