धनगढी ।
सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा नेकपा एकीकृत समाजवादीले दाबी गरेको छ ।
सुदूरपश्चिममा आफुहरु नै ठुलो दल भएकाले पनि सरकारको नेतृत्व आफुहरुले नै गर्ने भन्दै मुख्यमन्त्रीमा दाबी गर्ने भएका हुन् । एसको आज बसेको बैठकले प्रदेश सरकारको नेतृत्वमा दावी गर्ने निर्णय गरेको हो ।
प्रदेश कमिटीका सचिव दिनेशचन्द्र सुवेदीले प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिए ।