पेट्रोलिय पदार्थको मूल्य वृद्धि खारेजी गर्न नेविसंघको माग

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाल विद्यार्थी संघले पेट्रोलिय पदार्थमा भएको मूल्य वृद्धि खारेज गर्न माग गरेको छ ।

सत्तारुढ दल नेपाली कांग्रेस निकट रहेको नेविसंघले मूल्य बृद्धि तत्काल खारेज नगरिए कडा प्रतिवाद गर्न बाध्य हुने चेतावनी दिएको छ । अध्यक्ष राजीव ढुंगानाले आइतबार विज्ञप्ति जारी गर्दै पेट्रोलिय पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन भनेका छन् ।

चाडपर्वको सम मूल्य वृद्धि हुने अवस्था सिर्जना हुने गरि निगमको निर्णयप्रति ढुङगानाले खेद प्रकट गरेका छन् ।

  • १४ कार्तिक २०७८, आईतवार १६:३१ प्रकाशित