देशभर ८ संक्रमितको मृत्यु, निको हुने दर ९७.४ प्रतिशत

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर ८ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४०७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा देशभर ४०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५१८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार ७ हजार ८९९ जनामा गरिएको कोरोना परीक्षणमा ४०८ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३७६ जना रहेको छ भने निको हुने दर ९७।४ प्रतिशत रहेको छ । यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १२ हजार ५७० र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ५३५ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ७ लाख ९१ हजार ७८७ जना निको भएका छन् ।

  • १४ कार्तिक २०७८, आईतवार १६:१७ प्रकाशित