बिहेमा डिजे म्यूजिक बजाउँदा अफगानिस्तानमा मारिए तीन जना

केन्द्रभाग मिडिया

एजेन्सी ।

अफगानिस्तानमा तीन जनाको हत्या भएको छ ।

बिहेमा संगीत बजाएको भन्दै आक्रमणकारीहरुले तीनको हत्या गरेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

बिहेको समयमा डिजे म्युजिक बजाउँदा तालिवान लडाकुले प्रवेश गरेको र लगत्तै बन्दुकमार्फत आक्रमण गरेको बताइएको छ।शुक्रबार राति भएको सो घटनामा अन्य दुई व्यक्ति गम्भीर घाइते भएको र घटना तालिवानको नाममा गराएको बताइएको छ ।

तालिवानले घटनामा संलग्न तीनजनामध्ये दुईलाई पक्राउ गरी हिरासतमा राखेको छ ।पक्राउ परेका व्यक्तिले आफूहरु इस्लामिक एमिराट भएको र इस्लामिक कानुनको उल्लंघन गर्दा आक्रमण गरेको बताएका छन् ।

  • १४ कार्तिक २०७८, आईतवार १६:०७ प्रकाशित