इजलास बहिष्कार गर्ने न्यायाधीशविरुद्ध प्रदर्शन, इजलासमा घिसारेर लानैपर्छ !

केन्द्रभाग मिडिया

काठमाडौं । कानूनका विद्यार्थीहरुले आज इजलास बहिष्कार गर्ने न्यायाधीशहरुको विरुद्धमा माईतीघरमा प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले छोटो सडक नाटकसमेत देखाएका थिए ।

उनीहरुले प्रदर्शनको क्रममा देखाएको ब्यानरमा ‘हड्तालकारी न्यायाधीशलाई इजलासमा घिसारेर लानैपर्छ’ ‘नकचर मिडिया, अन्धभक्त अधिवक्ता’ लेखिएको थियो ।

न्यायाधीशहरुले इजलास बहिष्कार गर्दा नेपाली जनता ठूलो मारमा परेको उनीहरुको सडक नाटकको आशय थियो । नाटकको क्रममा उनीहरुले इजलास बहिष्कार गर्ने न्यायाधीशहरुलाई घिसारेर इजलासमा लगेका थिए ।

  • १४ कार्तिक २०७८, आईतवार १५:३२ प्रकाशित