४ वर्षीया नाबालिका बलात्कार गर्ने ५० वर्षीय पुरुष पक्राउ

केन्द्रभाग मिडिया

कञ्चनपुर ।

४ वर्षीया बालिका बलात्कार गर्ने एक पुरुष पक्राउ परेका छन् ।

प्रहरीले कञ्चनपुरबाट बालिकालाई बलात्कार गरेको आरोपमा भीमदत्त नगरपालिका १६ परखेडीका ५० वर्षीय करन सिंहलाई पक्राउ गरेको हो । करनले मादक पदार्थ खाएर ती बालिकालाई उनकै घरमा बलात्कार गरेको आरोप लागेको प्रहरीले जनाएको छ ।

  • १४ कार्तिक २०७८, आईतवार १५:१० प्रकाशित