बुद्धदर्शन अनुसार चल्न सके देशको विकास हुन्छ:राष्ट्रपति भण्डारी

केन्द्रभाग मिडिया

लुम्बिनी ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्धको दर्शन अनुसार चल्न सके देशको विकास हुने बताएकी छिन् ।

आज गौतम बुद्धको जन्मथलो लुम्बिनीमा नेपाली मौलिकता झल्किने बज्रयान विहारको उद्घाटन गर्दै भण्डारी बुद्ध नेपाल र नेपालीको गौरव भएको र यसको मर्म अनुसार हिडे देशमा प्रगती हुने बताएकी हुन् ।

यस्तै भण्डारीले बुद्ध दर्शन अमुल्य रहेको र विश्वले कुनै न कुनै रुपले अपनाएको बताइन्। उनले भनिन्, ‘कुनै न कुनै रुपमा विश्वमा कुनै पनि देशले बुद्धको सोँच र दर्शनलाई अपनाएको छ। बुद्धको दर्शनको मर्म र भावनाअनुसार चल्न सकेयौँ भने निश्यच नै देशको विकास हुन्छ ।

  • १४ कार्तिक २०७८, आईतवार १४:२८ प्रकाशित