बारको विरोधः सर्वोच्चमा कालो भर्सेस सेतोपट्टी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल बार एसोसियसनको नेतृत्वमा आजदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन सुरु गरेका छन् । जबराको राजीनामाको विषयमा वकिलहरु बाँडिएका छन् । आज सर्वोच्चमा कालोपट्टि बाँधेर विरोध जनाईरहँदाँ बारका एक झुण्डले भने सेतोपट्टि बाँधेर जबराको पक्षमा उभिएका थिए ।

नेपालका बारका एक समूह प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलित भएको छ भने अर्को समूह प्रधानन्यायाधीशले राजीनामा दिनुनपर्ने अडानमा रहेको छ । अधिवक्ता स्वागत नेपाल, भूमिनन्द सापकोटालगायत वकिलहरूको नेतृत्वमा कालो पट्टीविरुद्ध सेतोपट्टी आन्दोलन प्रर्दशन गरेका हुन् ।

प्रधानन्यायाधीश विरुद्ध बारले तिहार अघिसम्म दबाबमुलक आन्दोलन जारी राख्ने भएको छ भने तिहारपछि फेरि अर्को चरणको आन्दोलन सुरु गर्ने भएको छ ।

बहिष्कारमा परेका जबराले आफुले कुनैपनि हालतमा राजीनामा नडिने अडानमा रहेका छन् ।

  • १४ कार्तिक २०७८, आईतवार १३:४७ प्रकाशित