फोहोर नउठेको भन्दै वडाध्यक्षहरुले एक ट्याक्टर फोहोर मेयरको घर अगाडि थुपारेर बसे धर्नामा

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

फोहोर व्यवस्थापनमा चासो नदिएको भन्दै जनकपुरका वडाध्यक्षहरुले उपमहानगरपालिकाका मेयर लालकिशोर साहको घर अगाडी फोहोर लगेर थुपारेका छन् ।

महान पर्व तिहार संघारमा आइपुग्दा पनि फोहोर व्यवस्थापनमा कुनै तत्तपरता नदेखाएपछि आन्दोलित वडाध्यक्षहरुले आज बिहान मेयर साहको घर अगाडी लगेर फोहोर फालेका हुन् ।

पटक–पटक फोहोर व्यवस्थापन गर्न ध्यानकर्षण गराए पनि चासो नदेखाएको भन्दै वडाध्यक्षहरुले आज बिहान आन्दोलनस्वरुप मेयर लालकिशोर साहको घर अगाडि फोहोर थुपारेका हुन् ।

वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साह, दिपेन्द्र साह, सुदर्शन सिंह र शत्रुधन साह लगायतले पटकपटक फोहोर व्यवस्थापन गर्न ध्यानाकर्षण गराए पनि वेवास्ता गरेको भन्दै विरोध गरेका हनु् । उनीहरुले आफैं ट्याक्टर चलाएर फोहोर थुपार्न मेयर साहको घरमा पुगेको जनाइएको छ ।

जनकपुरधाम उपमहानगरको कार्यालयमा फोहोर फाल्न पुगेका उनीहरुलाई प्रहरीले रोकेपछि मेयर साहको घर अगाडि थुपारेका हुन् ।
मेयर कार्यकाल सकिन लाग्दासमेत हालसम्म डम्पिङ साइट बनाउन नसकेको वडाध्क्षहरुको गुनासो छ । उनीहरुको अनुसार डम्पिङ साइट निर्माणका लागि आएको ४८ करोड रुपैयाँ फ्रिज भएको छ ।

वडाध्यक्ष साहले फोहोर उठाउन चासो नदेखाए मेयर साहलाई कालोमोसो दल्ने चेतावनी दिएका छन् ।

  • १४ कार्तिक २०७८, आईतवार १३:१७ प्रकाशित