मौसम पूर्वानुमान : तीन वटा प्रदेशका केहि स्थानमा हल्का वर्षाको संभावना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशको पहाडी भु–भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आशिक देखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको केहि स्थानहरुमा हल्का वर्षाको संभावना छ भने उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

  • १४ कार्तिक २०७८, आईतवार ०६:४५ प्रकाशित