सक्रिय संक्रमित संख्या १० हजारभन्दा कम, थप ११ जनाको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

पोखरा ।

देशभर २४ घण्टाको अवधीमा थप ३७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ७ हजार ९ सय ११ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २९७ र एन्टिजेन विधिबाट ७५ जनामा संक्रमण पुष्टि भएको हो ।

यो अबधीमा९११ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कूल संक्रमित मध्ये ७ लाख ९१ हजार २६९ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

योसँगै देशमा सक्रिय सक्रिय संक्रमितको संख्या १० हजार कममा झरेको छ । हाल देशभर ९ हजार ५२६ जना संक्रमित छन् ।

देशभर २४ घण्टाको अबधीमा थप ११ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । योसँगै मृतकको सङ्ख्या ११ हजार ३९९ पुगेको छ ।

  • १३ कार्तिक २०७८, शनिबार १७:४६ प्रकाशित