गण्डकीमा हाल ५२० सक्रिय संक्रमित

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा हाल ५२० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ४२० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

गण्डकीमा पछिल्लो २४ घण्टामा ४४ संक्रमित थपिदाँ ३७ जना निको भएका छन् । यो सँगै प्रदेशमा संक्रमितको संख्या ८७ हजार २६९ पुगेको छ । भने निको हुनेको संख्या ८५ हजार ३५५ रहेको छ ।

संक्रमित हुनेहरुमा लमजुङका ९, तनहुँका १, कास्कीका २७, स्याङ्जाका ५ र नवलपरासीका ३ जना रहेको निर्देशनालयले जनाएको छ ।
प्रदेशमा हालसम्म ३ लाख ४५ हजार ७०० जनामा नमुना परीक्षण भएको छ । भने हालसम्म प्रदेशमा १ हजार ३९४ जना संक्रमितले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन ।

  • १२ कार्तिक २०७८, शुक्रबार १७:०५ प्रकाशित