देशभर ६ संक्रमितको मृत्यु, ५४९ जनामा संक्रमण

केन्द्रभाग मिडिया

काठमाडौं ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट देशभर थप ६ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो समय मृत्यु भएकासँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ३८८ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ५४९ संक्रमित थपिएका छन् । ७ हजार १४५ नमुनाको पीसीआर परीक्षणमा ४९० र २ हजार ६०१ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै सोही समयमा ५६९ जना निको भएका छन् ।

नयाँ थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ६ हजार ३२५ पुगेको छ । जसमध्ये हालसम्म ७ लाख ९० हजार ३५८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार देशभर रहेका संक्रमितमध्ये ९ हजार ३७९ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै ७७२ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये २४२ जना आईसीयू र ७८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

  • १२ कार्तिक २०७८, शुक्रबार १६:५१ प्रकाशित