टुनामुना गरि श्रीमानलाई मारेको भन्दै बोक्सा आरोपमा छिमेकीले खुवाए मलमुत्र

केन्द्रभाग मिडिया

जनकपुरधाम ।

महोत्तरीमा बोक्साको आरोपमा हिजो साँझ छिमेकीले एक पुरुषलाई मलमूत्र खुवाएका छन् । टुनामुना गरि श्रीमानलाई मारेको भन्दै औरही नगरपालिका ९ का ५५ वर्षीय रुपसी ठाकुरलाई छिमेकीले मलमूत्र खुवाएका हुन् । उनीमाथि कुटपिट पनि भएको बताइएको छ ।

छिमेकी रामशिला देवी मण्डल, उनका छोरा रामकृष्ण मण्डल, सोही ठाउँकी सुखियादेवी र उनका छोरा कृष्ण मण्डलसहितले घर पसेर लोहारमाथि कुटपिट गर्दै मुखमा मलमुत्र कोचाएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न एक महिला पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेकी रामशिलाका श्रीमानको केही दिन अगाडि मृत्यु भएको र लगत्तै छोरा मोटरसाइकल दुर्घटनामा परेको घटनालाई उनीहरुले ठाकुरले नै टुनामुना लगाएर गराएको भन्दै रामशिलाले मलमुत्र खुवाउन लगाएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा संलग्न अन्य फरार रहेकाले उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

  • १२ कार्तिक २०७८, शुक्रबार १६:१० प्रकाशित