साउथ इन्डियन हिरो पुनीत राजकुमारको निधन

केन्द्रभाग मिडिया

एजेन्सी ।

साउथ इन्डियन चर्चित हिरो पुनीत राजकुमारको निधन भएको छ ।

आज बिहान अचानक स्वास्थ्य अवस्थामा गडबढी देखिएका पछि अस्पताल लगिएकोमा उपचारको क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनलाई बेग्लुरुको विक्रम अस्पतालमा भर्ना गरिएको थियो ।उनी भर्खर ४६ वर्षका थिए । अस्पतालमा भर्ना भएसँगै पुनीतको स्वास्थ्य लाभको कामना गर्दै फ्यानहरु अस्पताल परिसरमा पुगेका थिए । पुनीतलाई उनका फ्यानहरु ‘अप्पु’ उपनामले सम्बोधन गर्छन् ।

उनले २९ भन्दा बढी कन्नड चलचित्रमा काम गरेका छन् ।

  • १२ कार्तिक २०७८, शुक्रबार १५:२० प्रकाशित