सर्वोच्च अदालत परिसरमै वकिलबीच कुटाकुट !

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्ष विपक्षमा रहेको वकिलहरूबीच कुटाकुट भएको हो । शुक्रबार अदालत परिसरभित्रै सर्वोच्च वकिलबीच कुटाकुट भएको हो ।

प्रधानन्यायाधीशलाई लिएर विवाद बढ्दै जाँदा काठमाडौं बारका अधिवक्ता विराट न्यौपानेले सर्वोच्च बारका अर्का अधिवक्ता भूमिनन्द चुँडालबीच झापट हाने । त्यसपछि सर्वोच्च परिसर तनावग्रस्त बन्यो ।

चुडालले इजलास चल्नुपर्नेमा जोड दिँदै न्यायालय बन्धक हुँदा अधिवक्ता समस्यामा परेको बताएका थिए । उनले कोट पनि च्यातिएको बताए । बहस गर्न आएको थिएँ यस्तो भयो, अब म कानुनी प्रक्रियामा जान्छु ।न्यौपाने प्रधानन्यायाधीशको विपक्षमा र चुँडालले पक्षमा छन् ।

  • १२ कार्तिक २०७८, शुक्रबार १३:२१ प्रकाशित