नेपाल घुम्नैपर्ने टप टेन उत्कृष्ट देशको सूचीमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

पर्यटकीय हिसाबले स्वर्गको टुक्रा मानिने नेपाल विश्वमा घुम्नैपर्ने टप टेन उत्कृष्ट देशको सूचीमा परेको छ ।

ट्राभल गाइडबुक लोन्ली प्लानेटले विश्वमा सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट देशको सूचीमा नेपाललाई पनि समावेश गरेको छ।
उत्कृष्ट १० देशको सूचीमा नेपाल आठौँ स्थानमा छ ।

घुम्नका लागि विश्वकै उत्कृष्ट देशको पहिलो नम्बरमा कुक आइल्यान्ड छ । यस्तै दोस्रोमा नर्वे, तेस्रोमा मोरिसस, चौथोमा बेलिज, पाँचौँमा स्लोभानिया, छैटौँमा एङ्गुइला, सातौँमा ओमान, आठौँमा नेपाल, नवौँमा मलावी र दशौँमा इजिप्ट विश्वको उत्कृष्ट गन्तव्यको सूचीमा छन् ।

कोरोना भाइरसको महामारीका कारण ठप्प भएको पर्यटन क्षेत्र बिस्तारै चलायमान हुँदैछ । पर्यटन क्षेत्रमा चहलपहल सुरु भएका बेला लोन्ली प्लानेटको सूचीमा पनि नेपाल उत्कृष्ट १० भित्र परेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन्।

  • १२ कार्तिक २०७८, शुक्रबार १३:१७ प्रकाशित