निर्वाचन पछि एमाले समाप्त हुने एसका अध्यक्ष नेपालको ठोकुवा, भन्छन् टर्च बालेर खोज्नुपर्छ

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा । नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपालले एमालेको भविष्य खत्तम रहेको बताएका छन् । नेपाल पत्रकार महासंग गण्डकी समितिले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले एमाले पार्टी पनि अध्यक्ष केपी ओलीसँगै सति जाने बताएका छन् ।

दश भाइ प्रति लक्षीत गदै नेपालले जतिछिटो एमाले छोडे, त्यति छिटो उनीहरुको भविष्य सुध्रिनी बताए । उनले भने, ‘एमालेमा बस्नेहरुको हरिबिजोग हुनेवाला छ त्यहाँ बस्ने मान्छेको बेहाल छ, एमालेको भविष्य नै छैन ।

एमाले अध्यक्ष ओलीले निर्वाचन पछि माधव नेपालको पार्टी समाप्त हुने बताए जस्तै नेपालले पनि अबको निर्वाचन पछि एमाले समाप्त हुने बताए । उनले भने, निर्वाचन पछिटर्च बालेर खोज्नुपर्ने हुन्छ, कहाँ छ एमाले रु केपी ओली सँगसँगै त्यो एमाले सति जान्छ ।

समाजवादीलाई पछि एमालेमै मिलाउनुहुन्छ भन्ने पत्रकारको जिज्ञासामा अध्यक्ष नेतापलले भने, एमालेमा जाने कुरा त कल्पनै नगरे हुन्छ ।
नेता नेपालले एमाले दक्षिणपन्थको बाटोमा गएको उनले आरोप लागाए । केपी ओलीलाई कम्युनीष्ट पार्टी मन नपर्ने बताए नेता नेपालले कुनै दिन कम्युनिष्ट पार्टी र आन्दोलन पनि त्यागेको घोषण गर्ने छन् ।

किनकी केपी ओली जीलाई कम्युनिष्ट पार्टी मन पदैन, उहाँलाई कम्युनिष्ट पार्टी र आदर्श मन पदैन । उहाँको आफ्नै नीति र बिधी छ । त्यहा बसेका मानछेहरु निजी कम्पनीको सदस्यको रुपमा हुन बाध्य हुनेछन् । सामूहीकताको सिद्धान्तको रुपमा चल्दैन, कमीटी प्रणालीको पालना पनि छैन केपी ओलीको बफादार भएसम्म बस्न पाइन्छ बफादार भएन भने उसको हरिविजोग हुन्छ ।

नेपालले न्यायालयमाथि केपी ओलीले नै हिलो छ्याप्ने काम गरेको भन्दै प्रधानन्याधीश माथी महाअभियोग लागाउने विषयमा छलफल नभएको बताए । ‘सर्वोच्च अदालतका न्यायाधीशले ५ पुसमा संविधान मिचेर प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्रीविरुद्ध उभिएर जुन फैसला गर्नुभयो, त्यसको प्रशंसा दुनियाँले गरेको छ । नेपालले सबैको राजीनामा माग्ने गलत काम हो । उनले भने, समाजका सबैको हुर्मत लिने, केपी ओलीको कामै त्यही हो ।

नेपालले अर्ली इलेक्सनको आवश्यकता नरहेको बताए । उनले तीनै तहको निर्वाचन बरु एकै पटक गर्न सके उपयुक्त हुने उनले बताए । अर्ली इलेक्सन किन गर्नुप¥यो, बरु मिल्छ कि मिल्दैन थाहा छैन, तीनवटै निर्वाचन एकैपटक गर्नु पर्छ कि भन्ने लागेको छ । खर्च पनि कम हुन्थ्यो । राष्ट्रको सम्पत्ति जोगिन्थ्यो होला,’ उनले भने, ‘कानुनी अड्चन छ कि छैन कुन्नी । हामी सल्लाह गर्छौ ।

 

  • १२ कार्तिक २०७८, शुक्रबार १२:५७ प्रकाशित