काठमाडौं ।
चुनाव हुने पक्कापक्की जस्तै भएपछि दलका नेताहरु अहिलेबाट चुनाव केन्द्रित गतिविधि गर्न सुरु गरिरहेका छन् ।
जनतासँग भेटघाट गर्न अहिलेबाटै घरदैलो गरिरहेका छन् । यतिबेला लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो चुनावका लागि सुरक्षित ठाउँको खोजीमा हिडेका छन् ।
गत असोज ७ गते जनकपुर पुगेका महतोले आफ्नो प्रतिनिधिसभा निर्वाचन क्षेत्र धनुषा–३ मा एक महिनासम्म घुमफिर गरेर अहिले उनी पूरै तामझामका साथ सर्लाही पुगेका छन् । पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता शरतसिंह भण्डारी, कार्यकारिणी सदस्यहरु अनिलकुमार झा, जितेन्द्र सोनललगायतका नेताहरु यतिखेर सर्लाहीमै केन्द्रित छन् ।
यसअघि दसैँको शुभकामना कार्यक्रम लिएर धनुषा क्षेत्र नम्बर ३ का विभिन्न ठाउँमा घुमेका महतोले धनुषाबाट पुनः चुनाव जित्न सकिन्छ कि सकिँदैन भन्ने हिसाब–किताब निकालिरहेका छन् ।