२० दिनपछि रिहा भए शाहरुखका छोरा आर्यन

केन्द्रभाग मिडिया

काठमाडौं ।

ड्रग्स केसमा प्रहरी हिरासतमा रहेका बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन जमानतमा रिहा भएका छन्।

२० दिनदेखि जेलमा रहेका आर्यनलाई बम्बई उच्च अदालतले बिहीबार जमानतमा रिहा गर्ने आदेश दिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

लागुपदार्थ मुद्दामा पक्राउ परेका उनी २० दिनदेखि मुम्बईको आर्थर जेलमा थिए। यसअघि दुईपटकसम्म आर्यनको जमानत अपिल खारेज भएको थियो। नार्कोटिक्स कन्ट्रोल ब्यूरो ३ अक्टोबरमा मुम्बईबाट गोवा जाँदै गरेको एउटा समुद्री जहाजबाट आर्यनसहित आठ जनालाई पक्राउ गरेको थियो।

  • ११ कार्तिक २०७८, बिहीबार १७:४७ प्रकाशित