एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा दिलीप न्यौपाने सर्वसम्मत नियुक्त

केन्द्रभाग मिडिया

पोखरा ।

उम्मेदवारी दिएका अन्य उम्मेदवारले मनोनयन फिर्ता लिएसँगै नेकपा एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा दिलीप न्यौपानै सर्वसम्मत नियुक्त भएका छन् ।

अध्यक्षमा न्यौपानेसहित तेजनारायण अधिकारी, दीपक पौडैल, धनबहादुर नेपाली र हरि त्रिपाठीले उम्मेदवारी दिएकोमा अन्य ४ उम्मेदवारले बिहीबार मनोनयन फिर्ता लिएका हुन् । नवनियुक्त अध्यक्ष न्यौपाने महानगर कमिटी पूर्वसचिव हुन् ।

  • ११ कार्तिक २०७८, बिहीबार १६:१८ प्रकाशित