काठमाडौं ।
सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई निमोनिया देखिएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि गएराती अस्पताल भर्ना भएकी झाँक्रीमा उपचारको क्रममा निमोनिया देखिएको उनका सहयोगी फुर्वा तामाङले जानकारी दिएका छन् । मौसमी ज्वरोका कारण मन्त्री झाँक्री वीर अस्पताल भर्ना भएकी हुन्।
स्रोतका अनुसार दौडधुप धेरै भएको र आरामसमेत गर्नु परेकाले उनी अस्पताल भर्ना भएकी हुन्।अहिले अस्पतालमा उपचार गराइरहेकी मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार आइरहेको बताइएको छ ।