चैतभित्र देशबासी सबैलाई खोप उपलब्ध गराउन देउवाको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ६ महिनाभित्र देशवासी सबैलाई खोप उपलब्ध गराउन निर्देशन दिएका छन् ।

कोभिड १९ व्यवस्थापन समन्वय केन्द्रको आज बसेको पहिलो बैठकमा देउवाले सबै नेपाली नागरिकलाई कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराउने प्रबन्ध गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन् ।

देउवाले चैत मसान्तभित्र सबै नेपालीलाई खोप उपलब्ध गराउने सरकारको लक्ष्य सफल हुनेगरी काम गर्न निर्देशन दिएका हुन् ।

  • ११ कार्तिक २०७८, बिहीबार १२:४७ प्रकाशित