काठमाडौं ।
आज नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ ।
आज अपरान्ह ४ बजे बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्।
वडा र पालिका अधिवेशनको समीक्षा लगायत विषयमा आज छलफल गर्न लागिएको हो।एमालेले कात्तिक ६ मा वडा र कात्तिक ९ मा पालिका अधिवेशन सुरु गरेको छ। केही वडा र पालिकामा भने अधिवेशन हुन बाँकी नै छ।तामाङका अनुसार राष्ट्रिय महाधिवेशन मापदण्ड र कार्यतालिकाका बारेमा छलफल हुने छ । १० औं महाधिवेशनका प्रतिनिधि तय गर्न मापदण्ड बनाएर कार्यतालिका बनाइने उनको भनाइ छ ।
एमालेले दसौं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा गर्दैछ। महाधिवेशनमा आउने प्रतिनिधि छनौट गर्नेलगायत काम गर्न एमालेले बाँकी नै छ।