पोखरा ।
हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहने छ । पहाडी भु–भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।
देशभर आंशिक बदली देखि सामान्यतया मौसम सफा रहने छ।