एमाले महासचिवमा पृथ्वी सुब्बा गुरुङको दाबी

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेका सचिव एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एमालेको अगामी महाधिवेशनमा महासचिवमा उठ्ने खुलासा गरेका छन् । एमालेको पालिका अधिवेशनको सिलसिलामा गृह जिल्ला लमजुङ पुगेका उनले गृह जिल्लाबाटै यस्तो खुलासा गरेका हुन् ।

गृह जिल्लामा प्रेस चौतारी लमजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले आफू अहिले सचिव रहेको र आवश्यकता महासचिव बन्नुपर्ने रहेको टिप्पणी गरे ।

तर आफूले मात्र भनेर नहुने भन्दै पार्टीमा सल्लाह गरेर अगाडि बढ्ने उनले प्रष्ट्याएका छन् । ‘अहिले सचिव छु, आवश्यकता महासचिवमा छ’, मैले मात्र भनेर हुँदैन, नेताहरूसँग सल्लाह भएको छैन, एउटा पदाधिकारीको उम्मेदवार म हुँ ।’ उनले भने ।

एमाले सचिव गुरुङ एमालेमा मध्येमार्गी नेताको रुपमा चिनिन्छन् । उनले पार्टी विभाजन नजिक पुगेका बेला माधव नेपाललाई पार्टीको अध्यक्ष बनाएरै भएपनि पार्टी एकता जोगाउनुपर्ने पक्षमा अन्तिमसम्म आवाज उठाएका थिए ।

  • ११ कार्तिक २०७८, बिहीबार ०७:१८ प्रकाशित