काठमाडौं ।
विवेकशील साझाका संयोजक मिलन पाण्डेको समूहले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँगभेटवार्ता गरेको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालले निवासमा बोलाएर आफ्नो पार्टीमा आउन विवेशील पार्टीलाई आग्रह गरेका हुन् । बुधबार विवेकशील साझाका संयोजक पाण्डे सहितको टोली नेपाल निवास पुगेको थियो ।
विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्रसँग पाण्डेको दुरी बढेको छ । मिश्रले संघीयता र धर्मनिरपेक्षतावारे एकल दृष्टिकोण सार्वजनिक गरे पछि पाण्डे रुष्ट छन् । संयोजक पाण्डेको समूह नयाँ राजनीतिक विकल्पको खोजीमा छ । पाण्डेले यस पहिले जनता समाजवादीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसंग पनि छलफल गरेका थिए ।
आजको भेटमा पनि वर्तमान राजनीतिक समस्या र आगामी सहयात्राका विषयमा कुराकानी भएको विवेकशील साझाका नेता केशव दाहालले बताए । उनले भने, नेपालीले मिलेर अगाडि बढौं भन्ने प्रस्ताव राख्नुभएको हो, हामीले त्यसलाई सकारात्मक रुपमा लिएका छौं । उनले नयाँ सम्भावनाको वारे छलफल भइरहेको जानकारी दिए ।
पाण्डेले भने एकिकृत समाजवादीमा प्रवेश गर्ने भन्ने समाचार गलत भएको दावी गदै सामाजिक संजालमा यस्तो लेखेका छन् ।
गलत समाचारको भ्रममा नपर्नुहोला
एउटा मिडियाले म लगायत विवेकशील साझा पार्टीका केहि साथीहरूले अघिल्लो हप्ता नेकपा ९एस०का अध्यक्ष माधव नेपालजीलाई भेटेको तस्बिरलाई गलत तरिकाले प्रस्तुत गरेर पार्टी प्रवेश गर्न लागेको भन्ने गलत र तथ्यहीन समाचार बनाउनुभएछ।यो समाचार गलत हो। मरहामी नियमित रूपमा नेताहरूलाई भेटिरहेका हुन्छौँ। अघिल्लो हप्ता हामीले काँग्रेसको, माओवादीको र नेकपा एसका शीर्ष नेताहरूलाई भेटेर राष्ट्रिय राजनीतिबारे छलफल गरेका छौँ। सुझाव दिएका छौँ।हरेक भेटमा हरेक नेताहरूसँग नागरिकको मुद्दामा कसरी सहकार्य गर्न सकिन्छ भन्ने छलफल गर्छौँ। जुन सामान्य कुरा हो।केहि दिन अघि एउटा राजावादी पार्टीका नेतासँग भेट भएको थियो। त्यो भेटमा पनि हामी कसरी नागरिकको जीवनस्तरसँग जोडिएका विषयमा सँगै देशको लागी काम गर्न सकिन्छ भनेर छलफल भएको थियो। कुनै फोटो मिडियामा आउँछ, कुनै आउँदैन। वैकल्पिक राजनीति यति सस्तो र यति कमजोर छैन। विवेकशील आन्दोलनलाई सिद्ध्याउन केहिरकोही लागेका छन्। सचेत रहौँ है। कोही साथीहरू पनि भ्रममा नपर्नु होला। विवेकशील साझाको आन्दोलन अब झन् सशक्त भएर अघि बढ्ने छ। विचार मिल्ने दलहरूसँग आवश्यक सहकार्य गर्नेछ। राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्न सक्ने प्रोग्रेसिभ लोकतान्त्रिक शक्ति बन्नेछ। तपाईँको जानकारी र जिज्ञासाका लागि पार्टीको केन्द्रीय सूचना तथा सञ्चार विभाग उप(प्रमुख हरीश प्रसाद ९ ९८६५९३६४७७ ० भट्टसँग बुझ्न सक्नुहुन्छ।