वाग्मती प्रदेशः भोलि दिउँसो ३ बजेसम्म मुख्यमन्त्री दाबी गर्न आह्वान

केन्द्रभाग मिडिया

हेटौँडा ।

बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा बुझाएसँगै मुख्यमन्त्री दाबी गर्न आह्वान गरिएको छ ।

वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका हुन ।

प्रदेश प्रमुखले बिहीबार दिउँसो ३ बजेसम्म दावी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेक हुन् ।वाग्मतीमा नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बनाउन कांग्रेस, माओवादी र जसपाले आन्तरिक तयारी गरिसकेका छन् ।

उनीहरु बुधबार साँझ नै केही बेरमा दावी पेश गर्न बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखकहाँ जाने बताइएको छ ।

  • १० कार्तिक २०७८, बुधबार १६:४३ प्रकाशित