नयाँ सरकार गठनको गृहकार्यमा लाग्यो बागमती प्रदेश

केन्द्रभाग मिडिया

काठमाडौं ।

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा बुझाएकी छिन् ।

शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएकी हुन्। प्रदेशसभा बैठकबाट सोझै प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले राजीनामा बुझाएकी हुन् । मुख्यमन्त्री शाक्यले बुधबार प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गरेकी थिइन् । सत्तारुढ दल नेकपा एमाले विभाजन भएपछि मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

शाक्यले बुधबार राजीनामा दिएपछि बागमती प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ ।अब नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बन्ने बताइएको छ ।

  • १० कार्तिक २०७८, बुधबार १५:२७ प्रकाशित