राजीनामा दिदैँ मुख्यमन्त्री शाक्य

केन्द्रभाग मिडिया

काठमाडौं ।

मत नपाउने भएपछि बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएका छन् । प्रदेशसभामा बहुमत नजुट्ने स्पष्ट भएपछि मुख्यमन्त्री शाक्यले राजीनामा दिने तयारी गरेकी छिन्

मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि प्रदेशसभाको अघिल्लो बैठकमा छलफल भएको थियो । बुधबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले छलफलमा उठेका प्रश्नका जवाफ दिने कार्यसूची छ ।

बुधबार नै प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावमा मत विभाजन हुने जनाइएको छ । तर, मुख्यमन्त्री शाक्यले छलफलमा उठेका प्रश्नको जवाफ प्रदेशसभामा दिने र लगत्तै राजीनामासमेत दिने बताइएको छ ।

प्रदेशसभामा सत्तारुढ दल नेकपा एमाले अल्पमतमा छ ।

  • १० कार्तिक २०७८, बुधबार १३:४५ प्रकाशित