काठमाडौं ।
ठगी गरेको आरोपमा पूर्व इन्स्पेक्टर पक्राउ परेका छन् ।
नेपाल प्रहरीका पूर्व इन्सपेक्टर खिलबहादुर केसीलाई चेक बाउन्स अर्थात बैंकिङ कसुरमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
आफुले तिर्नुपर्ने रकम पैसा नभएको खाताको चेक दिएर उनले ठगेको आरोप छ ।५ जनाले उनीविरुद्ध बैंकिङ कसुरको उजुर गरेका छन् । प्रारम्भिक अनुसन्धानबाट केसीले ५ करोडभन्दा बढी ठगेको देखिएको छ ।