जबराको चुनौती : बहिष्ककारबीच इजलास

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले चुनौती दिदै इजलासमा सुनुवाइ गरेका छन् । प्रधानन्यायाधीशको राजीनामा माग्दै न्यायाधीशहरुले तीन दिनदेखि सुनुवाई रोकेको बेला जबराले आज आफु मात्रै रहने पूर्ण इजलास सुरु गरेका छन् ।

सो इजलासमा प्रधानन्यायाधीश राणाले केहीबेर अघिदेखि सुनुवाइ सुरु गरेका हुन् । प्रधानन्यायाधीशले आफ्नै इजलासमा राखेका पहिलो मुद्दा लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्धको अदालतको अवहेलनासम्बन्धी रहेको छ ।

त्यसैगरी सम्पत्ति शुद्धीकरणसम्बन्धी मधुकुमारी चौधरी विपक्षी रहेको मुद्दा, ज्ञानबहादुर जोगीको हकमा अम्बिका विश्वकर्माबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको मुद्दा, जिल्ला अदालत कास्की विरुद्धको बन्दी प्रत्यक्षीकरणको मुद्दा र कालो बजार तथा अन्य केही सामाजिक अपराधसम्बन्धी कसुरमा नेपाल सरकार विपक्षी रहेको रोशन जैसवालले दायर गरेको मुद्दा रहेका छन् ।

  • १० कार्तिक २०७८, बुधबार १२:३८ प्रकाशित