जापानमा फुटबल खेलाडीको कम्पनीले बनायो उड्ने बाइक(भिडियोसहित)

केन्द्रभाग मिडिया

एजेन्सी ।

अब जमिनमा गुड्ने मात्र होइन, आवश्यकता अनुसार हावामा उड्ने बाइकको समेत विकास भएको छ ।विश्वका विभिन्न देशहरुले बनाइसकेको उड्ने बाइक जापानले पनि बनाएको छ ।

जापानका एक फुटबल खेलाडीको कम्पनीले उड्ने बाइक बनाएको हो। उक्त उड्ने बाइक फुटबल खेलाडी केउसुके होन्डाले सुरू गरेको स्टार्टअप कम्पनीले बनाएको हो । उक्त बाइक मंगलबार बिक्रीका लागि राखिएको छ।

उक्त बाइकको मूल्य ६ लाख ८० हजार अमेरिकी डलर (८ करोड १७ लाख रुपैयाँ) राखिएको छ। यो बाइक एक पटकमा ४० मिनेट उड्न सक्छ। यसको गति प्रतिघन्टा सय किलोमिटर रहेको उल्लेख गरिएको छ। यसअघि चेक गणतन्त्र, दुबई लगायतका देशहरुले उड्ने बाइक बनाइसकेको छ ।

  • १० कार्तिक २०७८, बुधबार ०९:४४ प्रकाशित