‘आजदेखि सर्वोच्चमा बहस गर्दैनौँ’,‘जबराले राजीनामा नदिए देशभर आन्दोलन गर्छौ’: कानून व्यवसायी

केन्द्रभाग मिडिया

काठमाडौं ।

कानून व्यवसायीहरुले बुधबारदेखि सर्वोच्च अदालतमा बहस नगर्ने निर्णय गरेका छन् ।कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले बुधबारबाट सर्वोच्चमा बहस नगर्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले राजीनामा दिनुपर्ने माग गर्दै आएका उनीहरुले मार्ग प्रशस्त नगरेसम्म बहस नगर्ने भएका हुन् । कानुन व्यवसायी भन्छन्,‘ ‘हामीले सर्वोच्च अदालतमा आजबाट बहस गर्दैनौं,’प्रधानन्यायाधीश जबराले एक–दुईमा राजीनामा नदिए देशभर चरणबद्ध आन्दोलन गर्छौं ।’

प्रधानन्यायाधीश जबराविरुद्ध उत्रिएका सर्वोच्चका न्यायाधीशहरूले लगातार दुई दिन मुद्दा नहेरेपछि न्यायनिरुपणको काम नै रोकिएको छ ।
यता जबराले भने कसैले राजीनामा माग्दैमा नदिने बताएका छन् । आफूले राजीनामा दिनुपर्ने भए विवादमा परेका अन्य न्यायाधीशहरूले पनि राजीनामा दिनुपर्ने उनको धारणा छ ।

जबरालाई दबाब दिनका लागि सर्वोच्चका न्यायाधीशहरु अहिले ११ बजे छलफल गर्ने भएका छन् ।

  • १० कार्तिक २०७८, बुधबार ०९:१७ प्रकाशित