एमाले मादी गाउँपालिका अध्यक्षमा बालकृष्ण गुरुङ सर्वसम्मत

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमाले मादी गाउँपालिका कमिटीको अध्यक्षमा बालकृष्ण गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।

उपाध्यक्षमा एकजंग गुरुङ, सचिवमा सुवास सापकोटा र उपसचिवद्धयमा राजु अधिकारी र प्रतिक्षा पौडेल सर्वसम्मत निर्वाचित भएका हुन् ।

हिजो सुरु एमाले पालिका अधिवेशनले कमिटीका सबै सदस्य पनि सर्वसम्मत रुपमा टुंगो लगाइएको एमालेले जानकारी दिएको छ ।

  • १० कार्तिक २०७८, बुधबार ०८:४९ प्रकाशित