बागमती प्रदेशमा मुख्यमन्त्रीको छिनोफानो आज, शाक्यले विश्वासको मत लिदैँ

केन्द्रभाग मिडिया

काठमाडौं ।

मुख्यमन्त्री बनेको एक सातामै अल्पमतमा परेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिदैछिन् ।

आज (बुधबार) दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा शाक्यले विश्वासको मत लिने भएकी हुन् ।सो बैठकमा मुख्यमन्त्रीले राखेको विश्वासको प्रस्तावमाथि मतविभाजन गरिने र त्यसका लागि सबै तयारी गरिसकिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

गत असोज २४ गते प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गरेको थियो । प्रस्तावमाथि प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाक्यले प्रदेश सभाका सदस्यहरूसँग आफ्नो पक्षमा विश्वासको मत दिन आग्रह गरेकी थिइन् ।

शाक्यले प्रदेश सभामा पेश गरेको विश्वासको प्रस्तावमा आज मतविभाजन हुने भएको छ।उनी नेकपा एमाले प्रदेश संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बने पनि उनको दल विभाजन भएकोले विश्वासको मत लिनुपरेको र उनको मत विभाजान हुने भएको हो ।

विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीमा नेकपा ९एकीकृत समाजवादी० प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेका छन्। अब पाण्डे नै मुख्यमन्त्री हुने सम्भावना बलियो छ।

मुख्यमन्त्री शाक्यका पक्षमा एमालेका ४३ जना प्रदेश सभा सदस्य मात्रै छन्।विपक्षी गठबन्धनमा ५९ जना सांसद छन्।

  • १० कार्तिक २०७८, बुधबार ०८:५२ प्रकाशित