एमाले माछापुच्छ्रेमा अध्यक्षका लागि चार जना बीच टक्कर, सहमतिका लागि आजसम्मको समय

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमाले माछापुच्छ्रे गाउँपालिकामा अध्यक्ष पदका लागि चार जनाले दाबी गरेका छन् । अध्यक्षमा विक्रम गुरुङ, यदुराम अधिकारी, महेक्वर दवाडी र पानबहादुर क्षेत्रीले दाबी गरेका छन् ।

रै जना एक अर्कालाई समर्थन गर्न राजि नभएपछि सहमतिका लागि आजसम्मको समय दिइएको एमाले नेता समेत रहेका माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए ।

उक्त गाउँपालिकामा अध्यक्ष र पदाधिकारी बाहेक सबै सदस्यमा सर्वसम्मत भएको छ । ‘सदस्यमा सर्वसम्मत भयो । अध्यक्ष र पदाधिकारीमा सर्वसम्मत गर्न सकिएन । आजसम्मको समय दिएका छौं, हेरौं’  अध्यक्ष गुरुङले भने।

  • १० कार्तिक २०७८, बुधबार ०८:३२ प्रकाशित