एमाले फेदिखोला गाउँपालिका अध्यक्षमा घनश्याम सुवेदी सर्वसम्मत

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमाले फेदिखोला  गाउँपालिका अध्यक्षमा पुन घनश्याम सुवेदी निर्वाचित भएका छन् । हिजो सुरु गाउँपालिकाको प्रथम अधिवेशनले सुवेदीलाई सर्बसम्मत रुपमा पुन अध्यक्ष निर्वाचित गरेको हो ।

फेदीखोला गाउँपालिकाको अध्यक्ष रहेका सुवेदी विद्यार्थी राजनीतिबाट अगाडि आएका हुन् । गाउँपालिकामा उदाहरणीय काम गरेका उनी निर्वाचित जनप्रतिनिधिमै लोकप्रिय जनप्रतिनिधि मानिन्छन् ।

एमाले अध्यक्षमा सर्वसम्मत निर्वाचित भएपछि उनले आफूलाई फेदिखोला गाउँपालिकाको अध्यक्षमा सर्वसम्मत निर्वाचित गराएकामा सबै प्रतिनिधि प्रति आभार प्रकट गरेका छन् ।

फेदिखोला गाउँपालिकामा निर्वाचित अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव र सदस्यहरुको सबै विवरण

 

  • १० कार्तिक २०७८, बुधबार ०७:३६ प्रकाशित