एमालेले चितवनमा अधिवेशन गर्ने, फाइदा प्रचण्डले पाउने !

केन्द्रभाग मिडिया

चितवन ।

नेकपा एमालेले आफ्नो १० औं महाधिवेशन चितवनमा गर्ने घोषणा गरेको छ ।

कतिपयले एमालेले चितवनलाई महाधिवेशन स्थलको रुपमा चयन गर्नुलाई प्रचण्डलाई देखाउनकै लागि भनेर विश्लेषण समेत गरेका छन् । तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेले चितवनमा अधिवेशन गरेर आफ्नो राष्ट्रिय राजनीतिमा कत्तिको महत्व छ भनेर जनतालाई बुझाईदिने टिप्पणी गरेका छन् ।

आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले एमालेको महाधिवेशनसँगै आफ्नो विजयी सुरुवात भएको दाबी समेत गरे । ‘एमालले मलाई कति महत्व दिँदोरहेछ, प्रचण्डको राष्ट्रिय राजनीतिमा कति भूमिका छ भन्ने चितवनका जनताले राम्रै रूपमा बुझ्ने भए,’ उनले भने ।

एमालले महाधिवेशन गरेपछि आफ्नो पार्टीको महाधिवेशन पनि चितवनमै गरिने उनले बताए । उनले आफ्ना लागि आगामी निर्वाचन अन्तिमपटक पनि हुनसक्ने बताए ।

‘मेरो यो अन्तिमपटक निर्वाचन लड्ने अन्तिम हुनपनि सक्छ । तर, मैले चितवन छोड्ने भन्ने कुरा आउँदैन,’ उनले भने ।

  • ९ कार्तिक २०७८, मंगलवार २०:४९ प्रकाशित