एमाले पोखरा महानगरमा नेतृत्व चयन भोली, यि हुन अकांक्षी

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकामा एमालेको नेतृत्व चयन भोली हुनेभएको छ । आज बन्दसत्र सकेर उम्मेद्वारको मापदण्ड निर्धारण गरिसकेपछि नगर अधिवेशन स्थगित गरिएको एमाले कास्कीका सचिवालय सदस्य तेजनारायण अधिकारीले जानकारी दिएका छन् । ‘आज बन्दसत्र सम्पन्न भएको छ । उम्मेद्वारको मापदण्ड निर्धारण गरेका छौं ।

अब नेतृत्व चयनको सबै पक्रिया भोली अगाडि बढ्छ’ उनले भने । एमाले स्रोतका अनुसार एमाले पोखरा महानगरको अध्यक्षका लागि चार जनाले आकांक्षा राखेका छन् । अध्यक्षकै आकांक्षी र अन्य पदाधिकारीमा समेत आकांक्षा राख्ने केही आकांक्षीको मापदण्ड नपुग्ने देखिएको छ ।
देशभरका स्थानीय तहमा महानगरमा भूगोलको हिसावले सबैभन्दा ठूलो महानगर पोखरा महानगरमा एमालेको नेतृत्व कस्ले गर्ला भन्ने विभिन्न अड्कलबाजी भइरहेका छन् ।

एमाले पोखरा महानगरका हालका अध्यक्ष दीपक पौडेल, एमाले कास्कीका सचिवालय सदस्य तेजनारायण अधिकारी, विद्यार्थी र युवा राजनीतिबाट आएका दीलिप न्यौपाने र नेपाल उद्योग वणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष समेत रहेका सञ्जिवबहादुर कोइरालाले अध्यक्षको आकांक्षा राखेका छन् ।

आकांक्षी जति भएपनि सर्वसम्मत नेतृत्व चयन हुने एमाले कास्कीका अध्यक्ष थापाले दाबी गरेका छन् । ‘साथीहरु नेतृत्व गर्छु पार्टी हाँक्छु भन्न पाउनुहुन्छ । जहाँसम्म लाग्छ हामी निर्वाचनमा जाने सम्भवाना देखिरहेका छैनौं । योग्यता अनुभव र कार्यकर्ताको समेत भावनाको कदर गर्दै उहाँहरुले एक जनामा सहमति गर्नुहुन्छ’ उनले भने ।

६ सयभन्दा धेरै स्थानीय तहमा अधिवेशन सम्पन्न 

नेकपा एमालेले आज पालिका अधिवेशन गरेको छ । आज ६ सयभन्दा बढी पालिकामा अधिवेशन भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

उनकाअनुसार अधिकांश पालिकामा सर्वसम्मत रूपमा भएको छ । ‘६ सयभन्दा बढी पालिका अधिवेशन सकिएको रिर्पोट आएको छ । अधिकांश ठाउँमा सर्वसम्मत रूपमा नै भएको जानकारी आएको छ । अहिले नेतृत्व चयन भइरहेको छ,’ उनले भने ।

एमालेले देशभर एकैदिन पालिका अधिवेशन गरेको हो । ७५३ पालिकामध्ये केहीमा भने बाढीपहिरोका कारण अधिवेशन सरेको छ ।

  • ९ कार्तिक २०७८, मंगलवार २०:२० प्रकाशित