मंसिरभित्र महाधिवेशन सम्पन्न गर्ने गरि तयारी गर्न देउवाको निर्वाचन समितिलाई निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौँ ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मंसिरभित्र महाधिवेशन सम्पन्‍न गर्ने गरी काम गर्न निर्वाचन समितिलाई निर्देशन दिएका छन् ।

निर्वाचन समितिको बैठकमा देउवाले उक्त निर्देशन दिएका हुन् । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा निर्वाचन समितिसग कांग्रेस पदाधिकारी र शिर्ष नेतृत्वले छलफल गरेको थियो ।
बैठक पछि सहमहामन्त्री प्रकाशशरण महतले भने, बैठकमा निर्वाचन कार्यतालिकाबारेमा छलफल भयो । मंसिरभित्र महाधिवेशन सम्पन्न हुने गरी निर्वाचिनको कार्यतालिका बनाउन निर्वाचन समितिलाई सभापतिज्यूले निर्देशन दिनुभयो ।

बैठकमा सभापति एवम् प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, सहमहामन्त्री महत र निर्वाचन समितिमा रहेका नेताहरुको उपस्थिति थियो । बाँकी नमिलेका विषयमा तत्कालै केन्द्रीय समिति बसेर टुंग्याउने निर्णय भएको महतले जानकारी दिए ।

कांग्रेसले आगामी मंसिर ९–१३ मा केन्द्रीय महाधिवेशन गर्ने मिति तोकेको छ । तर तल्लो तहको अधिवेशन भने तोकिएको समयमा सम्पन्न गर्न सकेको छैन ।

  • ९ कार्तिक २०७८, मंगलवार १७:४९ प्रकाशित