युआरएलमा एन्टिबडी जाँच सुरु

केन्द्रभाग मिडिया

पोखरा ।
युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले एन्टिबडी जाँच सुरु गरेको छ । रेफरेन्स ल्याब युआरएलले मुख्य कार्यालय सभागृहचोक, शाखा कार्यालय हस्पिटलचोकसहित युआरएल दमौली, दुलगौैंडा, लमजुङको बेशीसहर र स्याङ्जाको वालिङमा जाँच गरिने जनाएको छ ।

यो जाँचबाट कोभिड १९ को खोप लगाएपछि शरीरमा प्रतिरक्षा गर्ने शक्ति (एन्टिबडी)को अवस्था थाहा हुने युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए । संसारकै सर्वाेत्कृष्ट इक्लिया प्रविधिमार्फत् कोबास इ ४११ मेसिनबाट एन्टिबडी जाँच हुँदा यसकै लागि राजधानी जानुपर्ने झन्झट सकिएको बताए ।

कोभिड १९ खोप लगाएको १५ देखि ९० दिनभित्र यो जाँच गर्नु उपयुक्त हुने उनको भनाइ छ । यसको परीक्षणको रिपोर्ट स्याम्पल दिएको १ घन्टामै तयार हुनेछ । अध्यक्ष पन्तले सेवाग्राहीको आवश्यकता अनुसारका अति संवेदनशील जाँचहरु पोखरामै उपलब्ध गराएर प्रदेशलाई रक्तजाँचमा आत्मनिर्भर बनाउन लागेको उल्लेख गरे ।

स्वास्थ्य शिविर, निशुल्क जाँच लगायतका स्किम ल्याएर सर्वसाधारणलाई सेवा दिइरहेको युआरएलले कात्तिक महिनाभर मधुमेहको जाँच सित्तैमा र होलबडीसहित सबै प्रकारका जाँचमा ३० प्रतिशत छुट दिइरहेको छ ।

 

  • ९ कार्तिक २०७८, मंगलवार १७:४३ प्रकाशित