भदौरे देउरालीका राजु ईनारमा मृत भेटिए

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा एक व्यक्ति मृत भेटिएका छन् ।

पोखरा महानगरपालिका ३१ बेगनास बसपार्कमा एक युवक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

अन्नपूर्ण गाउँपालिका ३ भदौरे देउरालीका अन्दाजी २३ वर्षीय राजु लामिछाने पानीको ईनारमा मृत फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

  • ९ कार्तिक २०७८, मंगलवार १६:४९ प्रकाशित