पक्राउ परेका ११ अफगानी नागरिकमाथि अनुसन्धान सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौंको सिनामंगलबाट पक्राउ परेका ११ अफगानी नागरिकमाथि अनुसन्धान सुरु भएको छ।

अध्यागमन विभागले अवैध ढंगले नेपाल प्रवेश गरेका उनीहरुमाथि अनुसन्धान थालेको हो । नाका छलेर गैरकानुनी रुपमा नेपाल छिरेका उनीहरुमाथि अध्यागमन ऐन नियमअुसार कारबाही हुने विभागले जनाएको छ ।

पक्राउ परेका अफगानीमध्ये केही बालबालिका र महिला समेत छन् । अफगानिस्तानमा तालेबानीले सत्ता कब्जा गरेपछि अफगानी नागरिक देश छाडेर लुकिछिपी अन्य देशमा प्रवेश गर्ने गरेका छन् ।

  • ९ कार्तिक २०७८, मंगलवार १५:४६ प्रकाशित