जापानकी राजकुमारीले प्रेमका लागि त्यागिन् राजदरबार, साधारण युवकसँग विवाह

केन्द्रभाग मिडिया

काठमाडौं ।

जापानकी राजकुमारी माकोले सर्वसाधारण एक युवकसँग विवाह गरेकी छिन् ।

राजकिय पदलाई त्याग्दै राजकुमारी माकोले आज सामान्य रीति अपनाएर साधारण विवाह गरेको जापानी सञ्चार माध्यमले जनाएका छन् । राजकीय परिवारकी उनले सामान्य युवकसँग विवाह गर्ने भएपछि निकै नै विवाद र चर्चा भएको थियो ।

साधारण व्यक्तिसँग विवाह गरेसँगै उनको राजकीय पद पनि गुमेको छ । विश्वविद्यालयसँगै पढेका साथी केइ कोमुरोसँगको प्रेममा आज देखि विवाहमा परिणत भएको छ ।

माकोका पति अमेरिकामा रहेको एउटा ल फर्ममा कार्यररत रहेको बताइएको छ ।उनीहरूको मगनी गएको सन् २०१७ मा भए पनि विवाहको मिति तय भएको थिएन ।

विवाहपछि राजकुमारी माको पनि अमेरिका जाने भएकी छिन् । उनीहरूको विवाहमा राजपरिवारका सदस्यको विवाहका बेला गरिने परम्परागत विधि पनि अवलम्बन गरिएको छैन भने उहाँले राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगद पनि त्यागेकी छिन

यी दुवै कुरा परित्याग गर्ने उहाँ जापानको राजपरिवारकी प्रथम महिला सदस्य भएको बताइएको छ । विरोधकाबीच पनि शाही पदवीसमेत गुमाएर राजकुमारी माकोले सर्वसाधारण एक युवासँग विवाह गरेको विषय विश्वभरि भने सकारात्मक चर्चाको विषय बनेको छ ।

  • ९ कार्तिक २०७८, मंगलवार १४:२६ प्रकाशित