परमादेश जारी गर्ने पाँचै न्यायाधीशलाई राजीनामा गर्न ओलीको सुझाव

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँचैजना न्यायाधीशले राजीनामा दिँदा राम्रो हुने बताएका छन् । शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि परमादेश गर्ने पाँचैजना न्यायाधीशले राजीनामा दिन सुझाव दिए ।

उनले न्यायाधीशहरू पोल खोलाखोलमा उत्रिँदा सर्वोच्च अदालतको मानमर्दन भएको टिप्पणी गरे । पालिका अधिवेशनलाई सम्बोधन गर्दै उनले एक जनासँग मात्र किन राजीनामा माग भइरहेकाले पाँचै जनाले राजीनामा दिनु उपयुक्त होइन र भन्दै प्रश्न गरे।

ओलीले राज्यका सबै अंग प्रभावकारी हुनुपर्ने धारणा राखे। एमालेले पहिले नै अदालतको फैसला गलत भएको बताएपनि अहिले आएर न्यायाधीश आफैले फैसला दुषित रहेछ भन्न थालेको बताए।

सभामुख अग्नी सापकोटाले एमालेमाथि षड्यन्त्र गरेको आरोप लगाए। उनले अहिलेको सरकारलाई पञ्चरंगीको संज्ञा दिएका छन्। उनले पाकिस्तानी शैलीमा परादेशबाट सरकार गठन भएको बताए। एमालेबाहेकका सबै शक्ति एकै ठाउँ हुँदा पनि विकास हुन नसकेको टिप्पणी गरे।

  • ९ कार्तिक २०७८, मंगलवार १४:१५ प्रकाशित